सुनसरी भोक्राहामा प्रहरीकै पेस्तोल खोसेर सईमाथि गाेली प्रहार, २ जना घाईते

<span class='c1'>सुनसरी भोक्राहामा प्रहरीकै पेस्तोल खोसेर सईमाथि</span> <span class='c2'>गाेली प्रहार, २ जना घाईते</span>

इटहरी, २२ चैत । सुनसरीको भोक्राहा नरसिङ्ग गाउँपालिका ७ मा गोली चलेको छ। गोली लागि एक जना प्रहरी  अधिकृत र एक स्थानीय घाइते भएका छन्। नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको  हो ।

चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल  खोसेर प्रहरीलाई नै प्रहार गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए। स्थानीय र प्रहरीविचको विवादमा ठेलाठेल हुदा प्रहरी चौकी प्रमुख सई चन्द्रकुमार शाक्यको साथमा रहेको पेस्तोल भुईमा झरेको थियो । सोही क्रममा मोटरसाईकलमा आएको एक युवाले पेस्तोल टिपेर प्रहार गर्दा सई शाक्य र स्थानीय जियाबुल मन्सरीको हातमा लागेको थियो । मोटसरसाईकलामा आएका ती युवा मोटरसाइकल छाडेर भागेको बताइएको छ ।

उनका अनसार प्रहरी नायव निरीक्षाक (सई ) चन्द्र शाक्यकाे आैलामा गाेली लागेकाे छ । भोक्राहा नरसिङ्ग गाउँपालिका  ८ का स्थानीय  जियावुल मन्सुरीकाे नारीमा गाेली लागेकाे फुयाँलले बताए । त्यहीका स्थानीय समुहले  खाेसेर गाेली हानेकाे  उनकाे भनाई छ  । घटनाकाे बारेमा अनुसन्धान भईरहेकाे डीएसपी फुयाँलले बताए ।  घाईते दुबैजनाकाे वीपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्