संखुवासभाका तीन वटा स्थानीय तहका विभिन्न स्थानमा खानेपानीको अभाव

<span class='c1'>संखुवासभाका तीन वटा स्थानीय तहका</span> <span class='c2'>विभिन्न स्थानमा खानेपानीको अभाव</span>

संखुवासभा । संखुवासभाका तीन वटा स्थानीय तहका विभिन्न स्थानमा खानेपानीको अभाव भएपछि स्थानीयहरु बसाई सर्न बाध्य भएका छन् ।

खानेपानीको हाहाकार भए पछि तीन स्थानीय तहका ४५ घर परिवारले गाँउ छाडेका हुन् । खानेपानी अभावकै कारण चैनपुर नगरपालिकाका १०, धर्मदेवी नगरपालिका २५ र पाँचखपन नगरपालिका १० का स्थानीय घरपरिवार बसाई सरेका छन् ।

धर्मदेवि नगरपालिकाको दुई वडा वडाबाट मात्र २५ घर परिवार खानेपानी अभावकै कारण बसाई सर्न बाध्य भएका छन्् । ७ नम्बर वडाबाट १५ घर बसाई सरेको वडा अध्यक्ष भोलामान श्रेष्ठले बताए ।

कुवापानी, आहाले, मालवासेलगायतका गाउँमा खानेपानीको चरम अभाव भएपछि स्थानीय बसाई सर्न बाध्य भएका छन् । ८ नम्बर वडाबाट पनि दुई वर्षमा १० घर परिवार वसाई सरेर गएका छन् ।

४, ५, ६, ७, ८ र ९ नम्बर वडामा खानेपानीको अभाव रहेको नगर प्रमुख रमेश कुमार जिमीले बताए । खानेपानी चरम अभाव रहेको ७ र ८ वडामा डिपवोरिङबाट पानी निकाल्नका लागि नगरपालिकाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जिमीले जानकारी दिए ।

जिमीका अनुसार नगरबाट खानेपानी योजनाका लागि ७० लाख रुपौयाँ बजेट विनियोजन गरिएको छ । व्यक्तिका जग्गमा रहेका पानीको मुहानलाई सार्वजनिक बनाउन कार्यविधि बनाएरै अगाडि बढ्ने प्रमुख जिमीले बताए ।

पाँचखपन नगरपालिकाको लिङलिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चलेलगायत गाउँमा खानेपानीको चरम अभाब रहेको छ । पाँचखपनको ४, ५, ६, ७ र ८ नम्बर वडामा खानेपानी अभाबले बसाई सर्ने क्रम तिब्र भएको छ ।

नजिकमा मुहान छैनन्, भएका मूहान पनि सुक्ने थालेका स्थानीयको भनाइ छ । ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका उनी बताउछन् । मुहान खोजी र योजना सञ्चालन गर्न नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख राईको भनाइ छ ।

पाँचखपन–४ खानीगाउँका गंगाबहादुर विक, गोपाल विक, चन्द्र श्रेष्ठ, गणेश विक, भीम श्रेष्ठ, गंगा श्रेष्ठलगायत १० परिवार बसाइँ हिँडेका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ ।

चैनपुरको ११ नम्बर वडाबाट मात्र २ वर्षमा ८ घरपरिवार तराई बसाईसरेको वडा अध्यक्ष धर्मराज चौहानले जानकारी दिए । पानी अभाव भएपछि कृष्णबहादुर दाहाल, डिकबहादुर दाहाल, झटक अधिकारी, धर्मराज कठेत, भद्रबहादुर दाहाल लगायतको घरपरिवार बसाई सरेका हुन् ।

त्यसैगरी सभापोखरी गाउँपालिकाको १ नम्बर वडामा पनी खानेपानीको उस्तै अभाव रहेको वडा अध्यक्ष मणीसुन्दर राईले जानकारी दिए । वडाको करिब तीन सय घर परिवारमा खानेपानीको अभाव रहेको छ ।

त्यसैगरी खाँदबारी नगरपालिकामा पनि पानीकोे अभाव उस्तै रहेको छ । ३ हजार ५ सय घरपरिवारलाई पानी वितरण गर्नका लागि खाँदबारी वृृहत खानेपानी आयोजना सञ्चालन गरेपनि सफल हुन सकेको छैन ।

मांसिमाबाट पानी ल्याउन सुरु गरेपनि सडकमा पाईप राखिएकाले यातायात सञ्चालनका क्रममा पाईप फुट्दा हप्तौ सम्म पानी बन्द हुदाँ बजारबासी मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्