झापा, २७ चैत । झापाको भद्रपुर नगरपालिका-५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सहित उदयपुर बेलका नगरपालिका-५ बस्नेबर्ष २२ को बिरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन-२० एम्पुल, डाईजेपाम-२० एम्पुल र लुपिजेसिक-२० बरामद गरेको छ । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको रहेकाे प्रहरीले जनाएकाे छ ।