झापा गाउँपालिकामा मध्यरातमा आगलागी, १५ लाख बराबरको क्षति

<span class='c1'>झापा गाउँपालिकामा मध्यरातमा आगलागी,</span> <span class='c2'>१५ लाख बराबरको क्षति</span>

झापा, २९ चैत। झापाको झापा गाउँपालिका-४ बस्ने राजेश गणेशको किराना पसलमा गएराती आगलागी हुँदा करिब   १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती करिव १२ बजे  भएको  आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको  पसलमा अचानक आगलागी  भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फर्निचरका सामान र नगद १० हजार जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ । आगलागीबाट करिब १५ लाखकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । आगलागीको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्