ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु

<span class='c1'>ट्याक्टर दुर्घटना हुंदा</span> <span class='c2'>चालकको मृत्यु</span>

संखुवासभा, ३० चैत ।  संखुवासभाको खँंदबारी नगरपालिका ९ आपगाछीमा  ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु हुनुका साथै त्यसमा सवार ४ जना घाइते भएका छन् ।

तुम्लिङटारबाट सभाखोलामा बालुवा लिन जादै गरेको को२त ५१८४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

दुर्घटनामा चालक सुनसरी इटहरी उपमहानगरपालिका १६ का २५ वर्षीय अर्जुन कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइतेहरू भोजपुर षडानन्द नगरपालिका ८ का १८ वर्षीय प्रकाश तामाङ, इटहरी १६ का १६ वर्षीय प्रवीण खड्का, चैनपुर नगरपालिका ९ घोरेटारका २८ वर्षीय रामकुमार राई र भोजपुर षडानन्द नगरपालिका ८ कार्तिकेका १८ वर्षीय सन्तोष तामाङको तुम्लिङटार स्थित निजी अस्पतालमा उपचार भइररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्