अप्थोलम लोजिकल सम्मेलन सम्पन्न

<span class='c1'>अप्थोलम लोजिकल</span> <span class='c2'>सम्मेलन सम्पन्न</span>

विराटनगर आँखा उपचारको क्षेत्रमा भएका प्रगतिहरुको बिषयमा समिक्षा गर्दै विराटनगरमा पूर्वाञ्चलस्तरिय अप्थोलम लोजिकल सम्मेलन सम्पन्न भएको छ ।
विराट आँखा अस्पतालको आयोजनामा भएको सम्मेलनमा पूर्वाञ्चलमा रहेका १५ वटा आँखा अस्पतालका नेत्र चिकित्सा सम्बद्ध ब्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमा बोल्दै नेपाल नेत्र ज्योति संघ मोरङका अध्यक्ष विजयहरि शर्माले हाल ६० लाख व्यक्तिलाई आँखा उपचार सेवाको आवश्यकता रहेकोमा २० लाख सेवाग्राहीलाई मात्र सेवा दिन सकिएको जानकारी दिनुभयो । उहाँले बांकी ४० लाखलाई समेत सेवा दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस्तै स्वास्थ्य मन्त्रालयका डा. पदमबहादुर चन्दले आँखा अस्पतालहरुले संख्यात्मक उपचार भन्दा पनि गुणस्तरीय सेवामा बिशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा १७ जना नेत्र विशेषज्ञहरुले आ“खा उपचारको क्षेत्रमा भएका नयाँ काम र प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा आ“खा क्षेत्रमा ३२ बर्ष सेवा गरेका वरिष्ठ डाक्टर स्वर्गीय इश्वरचन्द विश्वाश र अर्का डाक्टर स्वर्गीय रुद्रराज तिम्सिनालाई मरणोपरान्त सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्