दमक भेट्रान क्लब बिजयी

<span class='c1'>दमक भेट्रान</span> <span class='c2'>क्लब बिजयी</span>

विराटनगरमा जारी दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा दमक भेट्रान क्लबले विराटनगरको मिल्स भेट्रान क्लबलाई पराजित गरेको हो । दमकले ५–० को फराकिलो गोल अन्तरमा बिजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
दमकका भुवन राईले ३ गोल र सुमन आचार्यले २ गोल गर्दै आफनो टिमलाई बिजयी बनाए । खेलको म्यान अफ दि म्याच दमकका भुवन राई घोषित भए । दमक यस प्रतियोगिताको गतवर्षको बिजेता टिम समेत हो । भोलीको खेल धरान भेट्रान क्लब र युनाइटेड स्पोर्टस क्लब (निलोे)बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्