अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

<span class='c1'>अन्तर्राष्ट्रिय शान्ति</span> <span class='c2'>दिवस मनाइयो</span>

असोज ५ विराटनगर÷ आज सेप्टेम्वर २१ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ ।
दिवसका अवशरमा पूर्वाञ्चलमा कार्यरत मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आज एक कार्यक्रम गरी उनीहरुले प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र पठाएका हुन् । महिला मानवअधिकार रक्षक सञ्जाल मोरङकी अध्यक्ष डाक्टर शिवमाया तुम्बाहाम्फेले प्रमुख जिल्ला अधिकारी कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो । ज्ञापनपत्रमा देशका ५० प्रतिशतभन्दा बढी जनसंख्या ओगट्ने महिलाहरु अझै हिंसा, अपमान र सीमान्तीकरण खपेर बस्न बाध्य भएको भन्दै सरकारको ध्यानकर्षण गराइएको छ । यस्तै पछिल्लो ४ महिनामा १ सय ८२ वटा बलात्कार, ५४ वटा बलात्कारको प्रयास र यौनिक हिंसाका ४६ वटा घटना भएको जनाइएको छ । पुर्वाञ्चल मानवअधिकार परिषद्, मानव अधिकार सञ्जाल सहितका संस्थाहरुले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन । नेपालमा विक्रम संवत् २०६५ सालदेखि शान्ति दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्