मोरङ जिल्लामा वालवालिकाहरुको क्षेत्रमा प्रगति भएन

<span class='c1'>मोरङ जिल्लामा वालवालिकाहरुको</span> <span class='c2'>क्षेत्रमा प्रगति भएन</span>

असोज ५ विराटनगर÷ सरकारी र गैरसरकारी क्षेत्रमा समन्वय हुुन नसक्दा मोरङ जिल्लामा वालवालिकाहरुको क्षेत्रमा प्रगति नभएको आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
वाल समाज नेपालले विराटनगरमा आयोजना गरेको बालक्लवको अबस्था पहिचान र भावी रणनिति कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारी र गैरसरकारी क्षेत्रले वालवालिकाको क्षेत्रमा काम गर्दा समन्वय गर्न आबश्यक भएको बताएका छन् । जिल्ला वालक्लव संजाल मोरङका अध्यक्ष पूजन भण्डारीले वालक्लवहरु सक्रिय हुनुका लागि ठोस निति र सहयोग गर्ने निकाय नहुदा समुदाय स्तरमा भएका वालक्लवहरु निस्कृय रहेको बताउनु भयो । त्यसैगरी इन्सेकका संयोजक सोमराज थापाले राज्यले वालवालिकाको अधिकार सुरक्षित गरेकोले राज्यसंग अधिकार खोज्नुपर्ने बताउनु भयो । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका भानु याङदेनले पनि वालवालिकाको स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्दै आएको बताउनु भयो । कार्यक्रममा वाल समाज नेपालकी सिता पौड्याल, अधिकारकर्मीहरु संजु साह, विष्णु शर्मा, राम सापकोटा, केदार कार्की लगायतले वाल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्