सोलुखुम्बुमा फेरी लेक लागेर एक अस्ट्रेलियन नागरिकको ज्यान गयो

<span class='c1'>सोलुखुम्बुमा फेरी लेक लागेर एक</span> <span class='c2'>अस्ट्रेलियन नागरिकको ज्यान गयो</span>

सोलुखुम्बु बैशाख ११ , खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो ।

नेपाल ट्रेड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

घटनास्थलबाट शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ । यही वैशाख ७ गते मात्र सोही क्षेत्रको भ्रमणमा आएका ३६ वर्षीय अमेरिकन नागरिक किस्टोफर बेन्डनको फाक्दिङमा लडेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्