आज बिहान नै नेपालमा साथै भारतमा पनि ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

<span class='c1'>आज बिहान नै नेपालमा साथै भारतमा</span> <span class='c2'>पनि ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प</span>

भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

आज नै नेपालमा पनि भूकम्प

आज बिहान धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको हो ।

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको थियो ।राष्ट्रिय भूकम्पका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो ।भूकम्पको पहिलो धक्काको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको पनि राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पमा परी ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्षपछि बुधबार गएको भूकम्पले जनसमुदायमा त्रास बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्