नेपाल बजारमा सुपथ मूल्यको पसल

<span class='c1'>नेपाल बजारमा सुपथ</span> <span class='c2'>मूल्यको पसल</span>

नेपालीहरूको महान् चाड विजयादशमीमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने उद्देश्यका साथ नेपाल बजार विराटनगरले आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
स्थानीय महेन्द्र चोकमा रहेको नेपाल बजार इन्टरनेसनल प्रालिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी व्यावसायिक सामाजिक दायित्व पूरा गर्ने उद्देश्यका साथ साल्ट ट्रेडिङ र केही स्थानीय उत्पादक तथा वितरकको सहयोगमा सर्वसाधारणलाई सहुलियतमा दैनिक उपभोग्य सामान बिक्री वितरण गर्ने गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताइएको छ ।
आगामी असोज १६ गतेसम्म सञ्चालन हुने पसलमा सर्वसाधारणलाई आवश्यक पर्ने नुन, चिनी, खानेतेल, पिठोलगायतका १२ प्रकारका खाद्य सामग्री बिक्री वितरणका लागि राखिएको नेपाल बजारका सञ्चालक मनोज विक्रम शाहले बताउनुभयो ।
बजारले चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा एक हजार ५०० रुपैयाँबढी मूल्यको सामान खरिद गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता चार वटा खसी उपहार दिने कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।
उपहार कार्यक्रम आगामी छठ पर्वसम्म रहने बजारका अर्का सञ्चालक सुभाष आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्