२५ लाख रुपैयाँ लिएर चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार

<span class='c1'>२५ लाख रुपैयाँ लिएर चिया विकास</span> <span class='c2'>निगम लिमिटेडका एक कर्मचारी फरार</span>

कर्मचारी र मजदुरको दसैँ खर्च तथा ज्याला वितरणका लागि निकालिएको २५ लाख रुपैयाँ लिएर झापाको विर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार भएका छन् ।
जिल्लाकै शान्तिनगर गाविसस्थित बर्ने चिया कमानका ३२२ जना मजदुरको दसैँ खर्च तथा ज्याला वृद्धि फरक रकम र मजदुरको ज्यालासमेत गरी रु २५ लाख लिई निगमको क्यासियर पदमा कार्यरत ३५ वर्षीय राजपाल सिंह फरार भएको निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले जानकारी दिनुभयो ।
भारतको राजस्थान घर भएका सिंह नेपाल एसबीआई बैंकको विर्तामोड कार्यालयबाट उक्त रकम निकालेर मङ्गलबारदेखि फरार भएको बताइएको छ ।
दसैँको मुखमा मजदुरी गरी छाक टार्ने मजदुरको ज्याला र दसैँ खर्च रकम लिई आफ्नै कर्मचारी फरार भएको घटनाप्रति निगम व्यवस्थापनले दुःख व्यक्त गरेको छ ।
निगमका प्रशासन प्रमुख दङ्गालका अनुसार फरार सिंहको तस्बिरसहित आवश्यक हुलिया दिई खोजतलासका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्