ताप्लेजुङमा प्रहरीद्वारा चार नाल भरुवा बन्दुक बरामद, स्थानीयले २ नाल बुझाए

<span class='c1'>ताप्लेजुङमा प्रहरीद्वारा चार नाल भरुवा बन्दुक</span> <span class='c2'>बरामद, स्थानीयले २ नाल बुझाए</span>

ताप्लेजुङ, २० बैशाख ।  जिल्ला विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ। दुई नाल हतियार भने स्थनीयले प्रहरीलाई बुझाएका छन्।

प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमको एक ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको दुई नाल बन्दुक फेला पारेको हो। यस्तै प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट एक नाल र प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका ३ हाङपाङस्थित सोबुदा जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पाथिभरा याङवरक गाउँपालिका १ नाङखोलेङ छिपछिपेका तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्