नेटोले गरेको हवाई आक्रमणमा १० तालिबानीको मृत्यु

<span class='c1'>नेटोले गरेको हवाई आक्रमणमा</span> <span class='c2'>१० तालिबानीको मृत्यु</span>

अफगानिस्तान, २८ बैशाख। नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिनुभयो ।

राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दावी गरेको छ । अर्को एक घटनामा छिमेकी वारदाक प्रान्तमा एक जना तालिबानी लडाकू मारिनुका साथै तीनजना अरु तालिबानी पक्राउ परेका छन् । तालिबान समूहले उक्त दुबै घटनाका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्