रातारात अतिक्रमण हुन लागेको ३ विगाह जग्गा प्रहरीले जोगायो

<span class='c1'>रातारात अतिक्रमण हुन लागेको ३</span> <span class='c2'>विगाह जग्गा प्रहरीले जोगायो</span>

उदयपुर, १ जेठ। प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो ।

दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गरेको हो । अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै बाँसको किला ठोकेर घडेरी छुट्याउन लागेका थिए ।

त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर ९कर्मचारी आवास० क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्