इलाम गोर्खेकि १४ वर्षिय वालिका काठमाडौवाट वेपत्ता

<span class='c1'>इलाम गोर्खेकि १४ वर्षिय</span> <span class='c2'>वालिका काठमाडौवाट वेपत्ता</span>

इलाम, ९ जेठ । इलामको सूर्योदय नगरपालिका १ गोर्खेकि १४ वर्षिय एक वालिका वेपत्ता भएकी छिन । साउथ वेष्टन स्कुल काठमाण्डौ बसुन्धरामा अध्यनरत श्रेया कटुवाल हराएको परिवारका सदस्यले बताएका छन ।

सोमबार विहान विद्यालय जान तयार भएकी श्रेयाको विद्यालय पोषाक भने कोठामै रहेको परिवारको भनाइ छ । उनी मामा टेकराज खत्रीको घरमा बसेर कक्षा ९ मा अध्यनरत थिइन ।

बिहानै ल्याप्टप बोकेर हिडेकी श्रेया रातिसम्म कोठा नफर्केपछि उनकी दिदी अनिता कटुवालले घरमा जानकारी गराएपछि बुबा अमिर कटुवाल छोरी खोज्न काठमाण्डौ पुगेका छन । परिवारले श्रेया हराएको जानकारी सोमबारनै प्रहरीलाइ दिएपनि अहिले सम्म नभेटिएको परिवारका सदस्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्