लोकप्रिय बन्दै फेसबुक बिरोधी साइट, घण्टामा ३१ हजार नयाँ सदस्य थपिदै

<span class='c1'>लोकप्रिय बन्दै फेसबुक बिरोधी साइट, घण्टामा</span> <span class='c2'>३१ हजार नयाँ सदस्य थपिदै</span>

फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ । ‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् । ७ जना आइटी प्रोफेसनहरुले आफ्ना साथीहरुसँग जोडिन सुरु गरेको एलो लोकपि्रय बनेपछि अहिले सर्वसाधारणका लागि पनि खुला गरिएको छ । अगष्ट ७ तारिखबाट सुरु भएको यो साइटले आफुलाई ‘एन्टी फेसबुक सोसल मिडिया’का रुपमा चिनाइरहेको छ । फेसबुकमा जस्तै बिज्ञापन पनि नहुने र प्रयोगकर्ताको तथ्याङ् पनि नबेचिने साइटले दावी गरेको छ । एलोमा पनि फेसबुक र ट्वीटरजस्तै सुबिधाहरु छन तर त्यति प्रयोगकर्ता मैत्री भने छैन् । यसमा स्टाटस लेख्न, प्रोफाइल तस्वीरु राख्न, साथीलाई एड वा फलो गर्न पाइन्छ ।यसको मुख्य बिशेषता भनेकै तपाईले फेसबुकमा जस्तो बिज्ञापनको भिडभाड देख्नु पर्दैन, फेसबुकमा जस्तो वास्तविक नाम र लिंग खुलाउनु पर्दैन र तपाईका ब्यक्तिगत सूचना बिज्ञापनदातालाई बेचिने खतरा छैन । यो साइट यसरी भाइरल हुनुको मुख्य कारणचाहिँ यसको वास्तविक नाम र लिंग खुलाउन नपर्ने नीति नै हो । जसले गर्दा तेस्रो लिंगी, समलिंगी र उभयलिंगीहरुले राहत महसुस गरेका छन् । एलोका संस्थापक वल बुठनीत्ज अमेरिकी राज्य वेरमोन्टको एक बाइक सपका मालिक हुन् । प्रबिधि बिश्लेषकहरुले इलोले सुरुवाती दिनमा बिना बिज्ञापन लोकपि्रयता हाँसिल गरिरहेको भएपनि लामो समयसम्म आफ्नो नीतिमा अडिन सक्नेमा शंका ब्यक्त गरेका छन् । एलोले कसरी संचालन खर्च जुटाउने भन्ने स्पष्ट नपारेका कारण कुनै दिन बिज्ञापनमा जान बाध्य उनीहरुको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्