पूर्वमा पेट्रोलियम पदार्थ हाहाकार हट्ने , भारतले रोकेको ट्याङ्कर छाड्यो

<span class='c1'>पूर्वमा पेट्रोलियम पदार्थ हाहाकार हट्ने</span> <span class='c2'>, भारतले रोकेको ट्याङ्कर छाड्यो</span>

बिर्तामोड जेठ १५ ।

बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो ।

मंगलवार पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको थियो । भारतको पानीट्याङ्की नाकामा रोकिएका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारले बेलुका छोडेको छ ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकाबाट छुटेका छन् । पेट्रोलियम पदार्थ नहुँदा मेची अञ्चलका सबै पेट्रोपम्पहरु बन्द भएका थिए ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्