किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

<span class='c1'>किरात राई यायोक्खाको १२ औं</span> <span class='c2'>राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु</span>

विराटनगर । विराटनगरको विरेन्द्रसभा गृहमा किरात राई यायोक्खाको १२ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । कार्यक्रमको कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले उद्धाटन गर्ने गरेका छन् । उद्धघाटनपछि होटल मनास्लुमा बन्द शत्र हुने जनाईएको छ । कार्यक्रमको उद्धघाटन अघि मुख्यमन्त्री कार्यालय अगाडि पहिचानवादीहरूले कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन्।

विराटनगरको रोडशेष चोकबाट निकालिएको र्‍यालीमा जातीय पहिरनमा सहभागी भएका थिए। र्‍यालीका सहभागीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि करिब १५ मिनेट प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘पहिचानको आधारमा कोशीको नामकरण गर’ र ‘पहिचानविरोधी होसियार’ लगायतका नारा लगाएका थिए। उनीहरूले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने मागसहित विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्