गणेश थापालाई तीनदिनभित्र निलम्बन गर्न लेखा समितिको निर्देशन

<span class='c1'>गणेश थापालाई तीनदिनभित्र निलम्बन</span> <span class='c2'>गर्न लेखा समितिको निर्देशन</span>

 

Ganesh thapaबिराटनगर,२७ अशोज । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलात्त निर्देशन दिएको छ।

सोमबार बसेको बैठकले आर्थिक अनियमितता भएको भन्दै थापालाई निलम्बन गर्दै उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्न निर्देशन दिएको हो।

एन्फामा आर्थिक अनियमितता भएको देखिएकाले छानबिन अवधिभर अध्यक्ष थापासहित अनियमिततामा संलग्न अन्य चार पदाधिकारीलाई कारबाही गर्न असोज १२ गते नै लेखा समितिले मन्त्रालयलाई निर्देशन दिएको थियो। सो निर्देशन पालन गर्न अलमल नगर्न लेखा समितिले मन्त्रालयलाई पुनः निर्देशन दिएको हो।

'अनियमिततामा संलग्न देखिएका चार जना अध्यक्ष, कोषाध्यक्ष, महासचिव र निर्माण सम्बन्धी जिम्मा लिएका व्यक्तिलाई मात्रै निलम्बन गर्न भनेका हौँ,' लेखा समितिका सभापति जनार्दन शर्माले भने, 'कार्यवाहक अध्यक्ष चयन गर्न अलमल नगरियोस्। भ्रष्टाचारको विषयमा छानबिन गर्न निलम्बन गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्ध हुँदैन।'

करोडौँ भ्रष्टाचार भएको उजुरीका अाधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन असोज १२ गते निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्