सुनसरीको भुटाहामा ईदुल फित्रको रौनक, नमाज पढेर धुमधामका मनाए

<span class='c1'>सुनसरीको भुटाहामा ईदुल फित्रको रौनक,</span> <span class='c2'>नमाज पढेर धुमधामका मनाए</span>

नसीम अन्सारी
सुनसरी, २२ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मुस्लिम समुदायले ईदुल फित्र धुमधामका साथ मनाएका छन् । भुटाहाको ईदगाहामा पुगेर नमाज पढेर धुमधामका साथ मनाएका हुन् ।
एक महिनासम्म निराहार ब्रत बसेका मुस्लिम समुदायले आज लामो व्रतको अन्त्य गर्दै ईद पर्ब मनाए । बिहानै सुनसरीको भुटाहामा रहेको ईदगाहमा मुस्लिम समुदायका मानिसहरूले नमाज पढेका थिए । नमाज पढेपछि उनीहरूले आफुभन्दा ठूलासँग आशीर्वाद लिएर एक अर्कामा शुुभकामना साटासाट गरे ।
आजको दिन मुस्लिम समुदायले दूध, चिनी मिसाइएको सेवई खाने गर्दछन् । यसको अलावा घरमा मिष्ठान्न परिकारहरू बनाएर खाने परम्परा रहेको छ ।
यस्तै हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले नेपालकै ठुलो भनेर चिनिने भुटाहाको ईदगाहमा इद पर्व मनाएका छन् । साथै सम्पूर्ण गाउँपालिका बासीहरुलाई ईदको शुभकामना समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्