इटहरीमा रचनात्मक विरोध प्रदर्शन : मान्छे नै रूख बनेर उभिए पछि…

<span class='c1'>इटहरीमा रचनात्मक विरोध प्रदर्शन : मान्छे</span> <span class='c2'>नै रूख बनेर उभिए पछि…</span>

सुनसरी, २३ जेठ ।  विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए ।

काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका हाँगा र पात देखे पछि बिहान स्थानीय बासिन्दा अचम्ममा परे ।

बुधबार बिहानै हातमा रूखका हाँगा बोकेका एक हुल युवा सडकमा निस्किए । इटहरीको मुख्य चोक हुँदै धरानको लाइनतर्फ अघि बढेका उनीहरूले जहाँ जहाँ काटिएका रूखका ठुटाहरू भेटे, त्यहीँ त्यहीँ हलचल नगरी रुखका हाँगा र पात लगाएर उभिए ।

केही दिनअघि सडक विस्तारको क्रममा इटहरीका हरियाली नै निमिट्यान्न हुने गरी सडक किनाराका रूख काटिएको थियो । यसैको विरोधमा इटहरी कलालयका विद्यार्थीले आफै रुख बनेर रचनात्मक विरोध प्रदर्शन गरेका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा रूख र पर्यावरणको संरक्षण गर्न मानवीय विवेक गुमाउन नहुने भन्दै पर्फमिङ आर्टलाइ प्रयोग गरिएको नाट्यकर्मी एवंम कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्