लाहानमा हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जना पक्राउ

<span class='c1'>लाहानमा हुकिङ गरी विद्युत् चुहावट</span> <span class='c2'>गर्ने १६ जना पक्राउ</span>

लाहान जेठ २४ , नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए। टोलीले सो क्रममा नौ थान विद्युत् मिटर, पङ्खा र टेलिभिजनलगायत सामग्री बरामद गरेको छ ।

पक्राउ परेकाहरु माथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरिने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्