सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ,एक घाइते

<span class='c1'>सुनसरीमा हात्तीको आक्रमणबाट एक</span> <span class='c2'>जनाको मृत्यु ,एक घाइते</span>

सुनसरी, जेष्ठ २७ गते ।

सुनसरीको कोशी गाउँपालिका-८ भाण्टावारीमा आइतवार जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती साढे १० बजेको समयमा सोही स्थान बस्ने बर्ष ६० को मोहमद सद्रुल मियाँ र निजकै छोरी बर्ष ३८ की नेहरुल खातुन घर नजिकै रहेको केराबारीको हेरचाह गर्न जाने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४/ ५ वटाको समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएका बावु छोरीलाई सिमा प्रहरी चौकी भाण्टावारीबाट प्रहरी टोली खटि गई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा राती पौने ११ बजे बावु सद्रुल मियाँको मृत्यु भएको हो भने अर्की घाइते खातुनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

उक्त जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्र तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्