भानु मोरङले भानु जयन्तीमा ९ जना सम्मानित हुने

<span class='c1'>भानु मोरङले भानु जयन्तीमा</span> <span class='c2'>९ जना सम्मानित हुने</span>

विराटनगर, २८ जेठ । भानु कला केन्द्र, भानु मोरङ सांस्कृति समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा ९ जना व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ ।

भानु जयन्तीका अवसरमा आगामी असार २८ गते भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार गोविन्दप्रसाद पोखरेल विराटनगर र डिआर उपाध्याय काठमाण्डौंलाई प्रदान गरिने निर्णय भएको भानु कला केन्द्रकी अध्यक्ष मायाँ पौडेलले जानकारी दिनुभयो ।

भानु कला केन्द्रले साहित्य तर्फ गोकुल अधिकारी, पत्रकारिता तर्फ पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, आशावादी सम्मान कलाकार हरिप्रसाद पौडेल, भानु पदकबाट करुणा झा राजविराज, दिपक गोश्वामी भारत, लक्ष्मण नेवटिया विराटनगर र रामबावु दाहाल विराटनगरलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताउनुभयो । भानु जयन्तीका अवसरमा कवि गोष्ठी समेत गरिने पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्