टंकीसिनवारीमा रहेको हिमगिरी सोप उद्योगको लापरवाही, उद्योगको प्रदुषणले स्थानियवासी हैरान

<span class='c1'>टंकीसिनवारीमा रहेको हिमगिरी सोप उद्योगको</span> <span class='c2'>लापरवाही, उद्योगको प्रदुषणले स्थानियवासी हैरान</span>

प्रेम देवान ।
विराटनगर, ३१ जेठ । मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर २ टंकीकसुनवारीमा रहेको हिमगिरी सोप एण्ड केमिकल ईन्डस्ट्रिजको चिम्नीबाट निस्किएको छाईका कारण स्थानीयलाई समस्या भएको छ ।

विगतलामो समयदेखि उद्योगले पारेको प्रदुषणको बारेमा समस्या राख्दै आएका उनीहरु त्यसबाट अझै अन्मुक्ति नभएको बताउँछन् । बुढीगंगा गाँउपालिका वाड नम्बर २ का ४ सय भन्दा बढी घरपरिवारलाई असर पुर्याउँदै आएको छ । उद्योगबाट निस्कने छाई उद्योगका काला कणहरु गाउँमा पस्दा स्थानीयलाई खाना खान समेत समस्या हुँदै आएको छ ।

समस्याको बारेमा स्थानियवासीले उद्योगलाई जानकारी गराउदा पनि कुनै सुनवाई नगरेको स्थानियवासीको आरोप छ । हरेक दिन खाना खाने वेलामा हावाले छाई उढाएर खानामा पस्ने , बालबालिकाहरुको आखामा पर्नेे, घरमा रहेका सेता कमडाहरु विग्रने, विहान सफा गरेको घर क्षणभर मै छाईले गर्दा धुलाम्मे हुनेगरेको उनीहरुको गुनासो छ ।

बस्तीसँग जोडिएको उद्योगका कारण स्थानीयले निक्कै सास्ती पाउँदै आएका छन् । बुढीगँगा गाँउपालिका वडा नम्बर २ को न्यौपाने टोल र विजुलीअफिस टोलका वासिन्दा बढी समस्यामा रहेको स्थानीय रामप्रसाद तिमिल्सिनाले बताए ।

उद्योग संचालकले सार्वजनिकजग्गा समेत हडपेर फेक्ट्रीको जग्गा बनाएको स्थानियबासीको आरोप छ । उद्योगले मन्दिर छेउमा रहेको पैनीको सार्वजनिकजग्गालाई घेराबेरा गरेर वाल निर्माण गरी निजि स्टोर भवन बनाएको स्थानीय विष्णुमाया न्यौपानेले बताईन् । उद्योगले स्थानियवासीको घर नजिकै उद्योगको प्लान्ट निर्माण गरेपछि आगलागीको जोखिम समेत बढेको स्थानियवासीको चिन्ता छ । केही समय अगाडी बस्ती नजिकै प्लान्ट छेउमा आगलागी भएको थियो ।

तत्कालिन टंकिसुनवारी गाविस हुदै स्थाानियबासी र हिमगिरी सोप उद्योग विच प्रदुषण रोकथाम तथा भौतिक संरचना निर्माण सम्बन्धमा पनि पटक पटक विवाद हुँदै आएको थियो । तत्कालिन टंकीसुनवाारी गाविस स्तरीय बातावरणीय उपसमिती र स्थानिय विच पटक–पटक सझौता भएको थियो । तर त्यो सम्झौता कागजमा मात्र सिमित भएको स्थानियवासीको आरोप छ । स्थानियवासीले हाल वडा कार्यलय र गाँउपालिकामा पनि यस विषयमा निवेदन दिएका छन् । अहिले गाउँपालिकाको जग्गाको विषयमा भने मुद्धा परेको छ ।समस्या उद्योगले कुनै सुनवाई नगरेपछि स्थानियवासी उद्योग परिसरमा पुगेर आफ्नो समस्या राखे छन् । विराटनगरका उद्योगी प्रकाश मुन्दडा र महेश जाजुले संचालन गर्दै आएको हिमगिरी सोप एण्ड केमिकल ईडष्ट्रिजमा पुगेर स्थानियवासीले उद्योग प्रशासनमा आफ्ना कुरा राखेपनि समस्याको समाधान गर्ने बारेमा उद्योगले कुनै चासो नदिएको स्थानीयको भनाई छ ।
उद्योग प्रशासनमा भेटिएका प्रशासन प्रमुख प्रकाशमान श्रेष्ठलाई स्थानियवासीले समस्या समाधानका लागि चाँडो पहल गर्न दवाव दिए । लामो समयसम्म भएको जनदवावमा पनि कुनै निर्कष निस्कीएन ।
लामो समयदेखि संचालनमा भएको उद्योगले आफ्नो व्यावसाय गर्न पाउनुपर्छ तर कानुनको दायरामा भित्र रहेर । आम नागरिकले स्वाच्छ हावा, पानी र छाई मुक्त हुन पाउनु उनीहरुको अधिकार हो । त्यसैले लामो समयदेखीको उद्योग र स्थानिय विचको विवादलाई चाडो भन्दा चाडो समस्याको समाधान गर्नु आवश्यक छ ।

https://www.facebook.com/ourbrt/videos/391672831442208/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्