विराट ब्यापार संघको अध्यक्षमा सुजन थापा निर्विरोध , अरु को–को भए

<span class='c1'>विराट ब्यापार संघको अध्यक्षमा सुजन थापा</span> <span class='c2'>निर्विरोध , अरु को–को भए</span>

विराटनगर, ३२ जेठ । विराट व्यापार संघको अध्यक्षमा सुजन थापा निर्विरोध निर्वाचित भएका छन् । यस अघि महासचिव रहेका थापा निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

विराटनगरमा सम्पन्न भएको विराट व्यापार संघको १० औं साधारण सभाबाट थापा निर्विरोध निर्वाचित भए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जितेन्द्र गोल्छा, उपाध्यक्षमा नरेश खत्री र प्रमोद जिल्दल, महासचिवमा चन्द्रप्रसाद अधिकारी निर्वाचित भए । त्यस्त उप– महासचिवमा प्रविण अग्रवाल र कोषाध्यक्षमा सुनील कर्ण निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा अमित सिंघल, अभिशेक अग्रवाल, सरद श्रेष्ठ, निरज श्रीवास्तव, अंशु बंजारा, लीलानाथ अधिकारी(संतोष) मुकेश बुढाथोकी र गोपाल अग्रवाल निर्विरोध भएको ब्यापार संघको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्