उदयपुरमा टिपर आतंक : आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु

उदयपुरमा टिपर आतंक : आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर, असार ४ गते ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-४ का ३६ बर्षीय खगेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका ३५ बर्षीय जिवन राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भईरहेको छ । टिपर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेका छन् भने टिपर चालक तत्काल फरार रहेकोले खोजतलास कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्