सर्लाहीमा विप्लव समुह र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

<span class='c1'>सर्लाहीमा विप्लव समुह र प्रहरीबीच</span> <span class='c2'>गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए</span>

सर्लाही ५ असार । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । बिहिवार दिउँसो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विप्लव समुहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता विश्वराज पोखरेलले दोहोरो भिडन्त हुँदा विप्लव समुहका जिल्ला नेता मारिएको पुष्टी गरे । लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको थियो ।
मोटरसाइकलमा आएका विप्लव समुहका कार्यकर्ताको पिछा गरेको प्रहरी टोलीमाथि गोली प्रहार भएपछि जवाही फायरिङ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । अन्य तीन जना भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्