साइत हेरेर शिलान्यास गरे विराटनगरका मेयरले वडा कार्यालयको भवन

<span class='c1'>साइत हेरेर शिलान्यास गरे विराटनगरका</span> <span class='c2'>मेयरले वडा कार्यालयको भवन</span>

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली धर्मकर्ममा निकै आस्था राख्ने ब्यक्ति हुन् । प्रायः विराटनगरमा भईरहेका धार्मिक कार्यक्रमहरुमा उपस्थित हुनु उनको दैनिकी नै हो । तर विहीबार विहान भने उनी एउटा छुट्टै कार्यक्रमको सिलान्यासका लागि पुगेका थिए ।

बिराटनगर महानगरपालिकाको वडा नं ११ को वडा कार्यालय भवनको शिलान्यास गर्नु थियो । उनी त्यहीँ पुगेका हुन् । त्यहाँ पुग्ने बितिकै सिलान्यास गर्न खोजिएको भवनको मेयरले वडा कार्यलयको साइत हेरेर मात्र भवनको शिलन्यास गरे । पण्डितले पराजुलीलाई साढे १० बजेदेखि ११ बजे भित्रको समय उपयुक्त हुने बताएका थिए । मेयर पराजुलीले सोही साइतमा भवनको शिलन्यास गरेका हुन् । पराजुलीले शिलन्यास गरेको भवन एक बर्षमा निर्माण सक्ने लक्ष्य राकिएको छ । महानगरपालिका–११ स्थित पिचरामा निर्माण हुने वडा कार्यालयको लागत ७२ लाख रुपैयाँको रहेको बिराटनगर महानगरपालिकाले जनाएको छ । भवनका लागि चालू आर्थिक वर्षमा ३० लाख र बाँकी अगामी आर्थिक वर्षमा जुटाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्