इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी फेरि अर्को विवादमा मुछिए

<span class='c1'>इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी</span> <span class='c2'>फेरि अर्को विवादमा मुछिए</span>

काठमान्डौ असार ६ , ‘पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भनेर अभिव्यक्ति दिएर विवादमा तानिएको महिना दिन नवित्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी फेरि अर्को विवादमा मुछिएका छन् ।

उनले असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिका कारण उनी फेरी विवादमा तानिएका हुन् ।

मेयर चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न महिला संघ संगठनले आपत्ति जनाउदै भत्र्सना गरेका छन् ।

यसै सन्र्दभमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरुले नै एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने सोंचलाई नै निरन्तरता दिइरहेको गुनासो गर्दै मेयर चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति यही सिलसिलाको पछिल्लो कडी भएको जनाएको छ ।

‘मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनु पर्दछ’ सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेयर चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको नाम लिँदै आपत्तिजनक शब्द प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्