विराटनगर ६ असार । नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्षले आफु खुशी मनोमानि संस्था चलाएको भन्दै सन्थाल संस्थागत सुशासन अभियान प्रचारप्रसार समितिले विरोध गरेको छ । समितिले शुत्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्षको कार्यको विरोध गरेको हो ।
सन्थाल आदिवासी उत्थान संघका केन्द्रिय अध्यक्ष लुखिराम हास्दाले विगत ६ वर्षदेखी साधारणसभा नगरी अवैधानिक तवरले संस्था नविकरण नगरी आफुखुशी योजनाहरु पारित गर्ने गरेको प्रचार प्रसार समितिले आरोप लगाएको छ ।
संघका पुर्व महासचिव लखन हास्दाले अध्यक्षले जिम्मेवारी सम्हालेपछि समुदायको हितमा कुनैपनि काम नगरी उल्टै संस्थालाई डुवाउन खोजेको आरोप लगाएका छन् ।
उहाले नियमित रुपमा साधारणसभा तथा संस्थाको अधिवेशन हुनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा संघका मोरङ जिल्ला सचिव श्यामलाल वास्किले वैधानिक ढंगले साधारणसभा र अधिवेशन हुनुपर्ने बताए । अर्का सदस्य सोनेलाल किस्कुले अध्यक्षले एकलौटी रुपमा सवै पदको काम गर्दै आएको आरोप लागाएका छन् ।