पाँचौ अन्तराष्ट्रिय योग दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइयो

<span class='c1'>पाँचौ अन्तराष्ट्रिय योग दिवस विराटनगरमा</span> <span class='c2'>विभिन्न कार्यक्रम गरी मनाइयो</span>

विराटनगर ६ असार । आज पाँचौ अन्तराष्ट्रिय योग दिवस । आज विश्वभर यो दिवश भव्यरुपमा मनाईएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवश मनाईएको छ ।
यसैविच यता विराटनगरमा पनि नेपाल भारत मैत्री युवा संघ मोरंगले पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरेको छ ।
संघले पत्रकार, अभियानकर्मी र योग प्रशिक्षकलाई सम्मान गरेको जनाएको छ । विराटनगर १० मा रहेको मदर टेरेसा स्कुल परिसरमा आयोजित कार्यक्रमका बीच नेपाल र भारतका समेतगरि ३ जना पत्रकारलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्ण, न्यु सृष्टि दैनिकका प्रशासक÷सम्पादक शंकर खरेल र हिन्दुस्तान टाइम्सका जोगबनी सम्बाददाता बरुण मिश्रालाई सम्मान गरेको छ ।
पुर्वमन्त्री एवम नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्रराय यादवले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्