विराटनगर १८ को विकासमा स्थानीयको त्रास, छोराछोरी डुब्ने डरले महानगर गुहारे

<span class='c1'>विराटनगर १८ को विकासमा स्थानीयको त्रास,</span> <span class='c2'>छोराछोरी डुब्ने डरले महानगर गुहारे</span>

प्रेम देवान,
विराटनगर, ७ असार ।
विराटनगर १८ मा सडक निर्माण गर्न बनेको उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयले आरोप लगाएका छन् । निर्माण सम्झौता विपरित स्थानियको घर आगन नै माटो खनेर पुरेको आरोप लगाउँदै महानगरपालिकामा निवेदन दिएका छन् ।

विराटनगरको दक्षिण–पुर्वी, वडा नम्बर १८ कालाबञ्जरमा भईरहेको ग्राभेलसँगै विकासको काममा उपभोक्ता समितिले मनपरी काम गरेको स्थानीयको आरोप छ ।
यतिखेर ग्राभेल सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपनि बषौंदेखि हिल्लाम्मे बाटोमा हिड्न बाध्य भएको सर्बसाधारण खुसी देखिएको छैना् ।
सडक निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले स्थानीयका घरआंगनका अगाडि ठुला खाल्डा खनेर नपुर्दा ति खाडलमा स–साना नानीहरु पर्ने गरेको स्थानीयको भनाई छ । सडकमा माटो पुर्न भन्दै खनिएको खाडल निकै गहिरो भएका कारण स्थानियवासी समस्या भएको सुनाउँछन् । उनीहरुका अनुसार ति खाडलमा गाईवस्तु र बालबालिकाहरु पर्ने गरेको स्थानीय तुलचन्द यादवले बताए । बर्खाको समयमा पानी भरिएकाले बालबालिका डुब्ने तथा कहिले काही ठूलो मान्छे पनि खाडलमा पर्ने गरेको विद्यानन्द यादवले गुनासो गरे ।
उपभोक्ता समितिले सडकमा माटो पुर्न भन्दै स्काभेटर प्रयोग गरेर कतिपय स्थानीयको आंगनमै गहिरो खाडल पर्नेगरि खनिदिएको कालाबञ्जर चोकका चन्दन यादवले सुनाए ।
स्थानीयबासीले मापदण्ड विपरितको खाडल खन्न अवरोध गर्ने भएपछि मध्यरातमा एस्काभेटर प्रयोग गरेर खाडल खनिएको यादवको भनाई छ । विराटनगर १८ का वडा अध्यक्ष संजय साहले भने स्टीमेट अनुसार नै निर्माण कार्य भइरहेको दाबी गरेका छन् ।
विराटनगर महानगरपालिकाको ३० लाख लगानीमा उपभोक्ता समिति मार्फत ६ मिटर चौडाई र ३ सय ९४ मिटर लम्बाईको ग्राभेल सडक निर्माण कार्य भइरहेको छ ।
निर्माण सम्झौतामा साढे २ फिट गहिरो र १ मिटर चौडाईको खाडल खन्न सकिने स्टीमेट रहेको महानगरपालिकाका इन्जिनियर पुष्पक प्रधानले जानकारी दिए । उनले स्टिमेटभन्दा बढी खनेको पाइए समितिलाई खाडल पुर्न लगाईने ईन्जिनियर प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्