युवाहरुको क्षमता अभिवृद्धि गर्न विराटनगरमा दुई दिने अभिमुखिकरण तालिम

<span class='c1'>युवाहरुको क्षमता अभिवृद्धि गर्न विराटनगरमा</span> <span class='c2'>दुई दिने अभिमुखिकरण तालिम</span>

विराटनगर, ८ असार ।
युवाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम विराटनगरमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरका १ सय युवाहरुको सहभागीता रहेको थियो ।

अभिमुखिकरणमा वडाको विकास निर्माणमा युवाहरुको सकृय सहभागिता, युवाहरुको सवाल, नीति निर्माणमा युवाहरुको भुमिका, समुदायमा युवा परिचालन र निर्णय प्रकृयामा युवाहरुको उपस्थिती जस्ता विषयहरुमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुले युवामैत्री महानगर बनाउने विषयमा मेयर भिम पराजुलीसंग छलफल पनि गरेका छन् । कार्यक्रमको युवा अभियान्ताहरु अपार पौडेल, सविन दाहाल लगायतले सहजिकरण गरेका थिए ।

तालिमको विषयमा प्रकाश पार्दै आयोजक संस्था हामी युृवाकी अध्यक्ष जीना कार्कीले परिवर्तनका संवाहक युवाहरु भएकाले हरेक निर्णय प्रकृयामा युवाहरुको सहभागीता आवश्यक रहेको बताइन् । उनले यसै विषयमा युवाहरुलाई जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिइन् ।
हामी युवाको आयोजनामा शुक्रबारबाट सुरु भएको तालिमलाई विराटनगर महानगरले सहयोग गरेको थियो । यसैबीच सोही कार्यक्रममा महानगर युवा परिषदको समेत गठन गरिएको छ । प्रत्येक वडाबाट छनौट भएर आएका र निर्वाचनबाट चुनिएका गरि ३० सदस्सिय परिषद गठन गरिएको हामी युवाका महासचिव अभिषेक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्