विराटनगरमा उठ्यो अनलाईन मिडिया विश्वसनीयताको प्रश्न

<span class='c1'>विराटनगरमा उठ्यो अनलाईन</span> <span class='c2'>मिडिया विश्वसनीयताको प्रश्न</span>

विराटनगर, ८ असार । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनलाईन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नु पर्ने बताएका छन् ।

आज विराटनगरमा अनलाईन मिडिया समूह प्रदेश नं १ ले आयोजना गरेको ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाईन मिडियाहरुको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री घिमिरेले अनलाईन मिडिया व्यवसायिक पत्रकारिता केन्द्रित हुनु पर्नेमा जोड दिए ।

प्रदेश सरकारले पत्रकारिताको विकासका लागि विज्ञापन, तालीम, गुणस्तर बृद्धि गराउन तयार रहेको भएपनि त्यसका लागि पत्रकारिता विश्वसनिय हुनु पर्ने बताएका हुन् । मन्त्री घिमिरेले आगामी १० वर्ष भित्र प्रदेशभित्र सवै सामूदायिक विद्यालयहरुवाट झोला, किताव विस्थापित गर्ने जानकारी दिए । उनले झोला हटाउने अभियान प्रदेश सरकारबाट शुरु भईरहेको जानकारी दिँदै आगामी १० बर्ष भित्रमा अधिकांश बिद्यालयबाट झोला र किताव विस्थापित हुँदै अनलाईन र कम्प्युटरको माध्यामबाट पढाई हुने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले अनलाईन मिडियालाई सरकारले कानून निर्माण गरी अनुगमन गर्नु पर्नेमा जोड दिए ।

समूहका संयोजक तेजेन्द्रवहादुर भण्डारी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले अनलाईनको भविष्य उज्वल रहेको र यसले सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अनलाईन सञ्चारकर्मीहरुले प्रदेश सरकारले दर्ता भएका अनलाईन मिडियालाई सहयोग प्रदान गर्नुपर्ने माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्त रुपमा समूहलाई २५ हजार सहयोग प्रदान घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्