मोरङबाट ५ थान हतियार सहित बिप्लव समुहका तीनजना पक्राउ

<span class='c1'>मोरङबाट ५ थान हतियार सहित</span> <span class='c2'>बिप्लव समुहका तीनजना पक्राउ</span>

विराटनगर,९ असार । मोरङबाट हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनालार्ई पाँचथान हतियार सहित पक्राउ गरेको हो ।

आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाललाई पक्राउ परेका थिए ।
को १७ प ४५८६ नम्बरको मोटरसाइकल स्कुल डाँडा पुगेका राई र धिमाललाई पक्राउ गरेको हो । प्रहरीले सोधपुछ गर्ने क्रममा धिमालको दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको हो ।
सोधपुछका क्रममा धिमालको घरमा हतियार रहेको थाहा पाएपछि कानेपोखरी गाउँपालिका– ६ बिहीबारेको धिमालको कोठाबाट २ थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली फेला पारेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षिय केन्द्रलाल धिमललाई पक्राउ गरेको छ । धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो ।
धिमालको घरबाट बारुद, छर्रा पनि बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् । कंश धिमाल भने अपराधिक गतिविधिमा संलग्न हुदै आएका व्यक्ति हुन् । धिमाल मोरङ उर्लाबारी मंगलबारेको सुनचाँदी पसल र झापा दमकको लक्ष्मी बैंक लुटपाटमा संलग्न थिए । बैंक लुटेको मुद्दामा धिमाल सात वर्ष जेल परेका थिए । जेलबाट छुटेलगत्तै छुटेर विप्लव समुहमा अपराधिक गतिविधिमा संलग्न हँुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्