पथरी शनिस्चरे नगरपालिकामा दलितमैत्री बजेटको माग

<span class='c1'>पथरी शनिस्चरे नगरपालिकामा</span> <span class='c2'>दलितमैत्री बजेटको माग</span>

विराटनगर,९ असार ।मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।
कुल बजेटको १० प्रतिशत बजेट नघटाई दलित समुदायको चेतनास्तर र आर्थिकस्तर उकास्न लगानी गर्नुपर्ने माग गर्दै उनीहरुले नगरसभाको नजिकिँदै गर्दा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरमा दलितमैत्री वातावरण बनाई दलित क्षमता अभिवृद्धीका कार्यक्रमहरु अभिलम्ब संचालनमा ल्याईनु पर्ने माग गरेका छन् । लोककल्याणकारी कार्यक्रमहरु प्र्भावकारी रुपमा संचालन गर्नु राज्यको दायित्व भएकोले पथरी शनिश्चरे नगरपालिका अन्य नगरपालिका भन्दा क्रियाशिल रहदै आएकोले दलितहरुको सन्दर्भमा यस समुदायको ऐतिहासिक पृष्ठभूमीलाई उदार र फराकिलो सोचबाट अग्रसर रहने ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्