विराटनगरको रानी नाकामा विषादी जाँचपास उपकरण नहुँदा जाँचपासको काम रोकियो

<span class='c1'>विराटनगरको  रानी नाकामा विषादी जाँचपास</span> <span class='c2'>उपकरण नहुँदा जाँचपासको काम रोकियो</span>

विराटनगर, १३ असार । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो ।

गएको शुक्रबारदेखि क्वारेन्टाइन र जीवनाशक विषादी जाँचपासको काम रोकिएको छ ।पूर्वी नेपालको प्रमुख नाका रानीमा फलफूल र तरकारी बोकेका भारतीय गाडीहरु सीमा क्षेत्रमा रोकिएका छन् ।रानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले तरकारी र फलफूल बोकेका सवारीसँग क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण रिपोर्ट नभएको र आफूहरुलाई त्यो गर्ने अधिकार नहुँदा जाँचपास रोक्नुपरेको बताए ।

आपूर्ति मन्त्रालयले तरकारी र फलफूल आयातमा जीवनाशक विषादी जाँचपास अनिवार्य गरेको छ ।आयात प्रतिस्थापन र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको हो ।

प्लान्ट क्वारेन्टिन कार्यालय विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी अनिवार्य परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरेपनि यो आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए ।यसअघि, प्लान्ट क्वारेन्टिन कार्यालयले नेपाल भित्रिने तरकारी तथा फलफूलका लागि अनुमतिपत्र जारी गर्दै आएको थियो ।

विराटनगरको रानी नाका भएर भन्सारमा अड्केका वस्तुको नमुना परीक्षणको काम नहुँदा भारतबाट आएका धेरैजसो तरकारी र फलफूल व्यापारीहरुले फर्काउन थालेका छन् । सरकारले बजेट भाषणमार्फत् भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफूल अनिवार्य परीक्षण गरी खानयोग्य रहेको ल्याब रिपोर्ट प्राप्त भएपछिमात्र आयात गर्न दिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्