विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद जारी, आज क– कसले जिते [ फोटो फिचर सहित]

विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद जारी, आज क– कसले जिते [ फोटो फिचर सहित]

विराटनगर,१३ असार । विराटनगरमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुक्रबार विभिन्न विद्यालय विजयी भएका छन् ।
मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगिताअन्तर्गत ३ मिटर छात्र दौडतर्फ राधिका माविका गजेन्द्र निरौला प्रथम, आदशै अंग्रजी स्कुलका आयम गुरुङ द्वितीय र सरस्वति माविका प्रदीप देउला तृतीय भए भने छात्रातर्फ सिद्धार्थ इंग्लिस बोर्डिङ स्कुलकी प्रमिता मगर प्रथम, जनता माविकी प्रनिता खरेल द्वितीय र जाँते माविकी रिमा कुरुवाङ तृतीय भइन् ।
त्यस्तै २ सय मिटर दौड छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया, सरस्वति माविका अर्जुन रिषिदेव द्वितीय र राधिका माविका करण धिमाल तृतीय भएभने छात्रातर्फ मदरल्याण्ड स्कुलकी रोमा दाहाल प्रथम, राधिका माविकी मुना चौलागाईं द्वितीय र नारायण माविकी पूजा माझी तृतीय भइन् ।
त्यसैगरी ८ सय मिटर दौड छात्रतर्फ मछिन्द्र माविका अभिषेक श्रेष्ठ प्रथम, पूर्वाञ्चल स्कुलका ध्रुव विश्वकर्मा द्वितीय र राधिका माविका संगीत तामाङ तृतीय भए भने छात्रातर्फ जनकल्याण माविकी सिर्जना पुरी प्रथम, सुकुना माविकी मुना भण्डारी द्वितीय र जनता माविकी प्रतिमा खरेल तृतीय भइन् । ४ सय मिटर दौड छात्रतर्फ नारायण माविका श्याम माझी प्रथम, सिद्धार्थ स्कुलका नितेश राई द्वितीय र मावि लेवीका अमिर खाँ तृतीय भए भने छात्रातर्फ मछिन्द्र माविकी सञ्जुमाया तामाङ प्रथम, राधिका माविकी अस्मिता कालाखेती द्वितीय र राइजिङ बोर्डिङ स्कुलकी रोशनी कटुवाल तृतीय भइन् ।
त्यस्तै हाइजम्पको छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया प्रथम, सरस्वति माविका सीताराम थारु द्वितीय र सरस्वति माविका करण मल्लिक तृतीय भएभने छात्रातर्फ सुनवर्षी माविकी विना तिम्सिना प्रथम, सत्यनारायण माविकी प्रतिमा यादव द्वितीय र जनकल्याण माविकी आकृति दुलाल तृतीय भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्