विराटनगर १४ असार । खादबारी मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी गत बुधबार राति खोलामा मृत भेटिएका थिए । छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार गएका थिए । राति फर्कदा घरमा छोराछोरी नदेखेपछि खोजतलास गर्दा घरनजिकैको बेतला खोला किनारामा छोरी जिउँदै फेला परेकी थिइन् भने छोरा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।