विराटनगरको बरगाछीमा कारको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गयो, कार नियन्त्रणमा चालक फरार

<span class='c1'>विराटनगरको बरगाछीमा कारको ठक्करबाट मोटरसाईकल चालकको</span> <span class='c2'>ज्यान गयो, कार नियन्त्रणमा चालक फरार</span>

विराटनगर १५ असार । विराटनगर ४ बरगाछीमा कारको ठक्करबाट एक मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिवार राति ११ बजेको समयमा कारको ठक्करबाट विराटनगर १२ बस्ने १९ वर्षिय शंकरकुमार मिश्रको ज्यान गएको प्रहरीले जनाएको छ । लामाले चलाउदै आएको बा २० प ७४० नम्बरको कारले विराटनगर– ४ बरगाछीमा को ३५ प ५६३४ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । मिश्रले विराटनगरमा ट्याम्पो चलाउदै आएका थिए ।
ठक्करबाट गम्भिर घाइते शंकरलाई उपचारकालागि विराट नर्सिङहोम भर्ना गरिएको थियो । अस्पतालले राति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । मिश्रको शवलाई पोष्ट मार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको कार मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक किरण लामा फरार छन्, उनको खोजी कार्य भईरहेको डिएसपी श्रेष्ठले बताउनुभयो । कारको अगाडीको भागमा पुर्ण क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्