मोरङको बुढीगंगामा फेरी कारको ठक्करबाट एक मुत्यु, ५ घाईते, विराट नर्सिङ होममा उपचार हुदै

<span class='c1'>मोरङको बुढीगंगामा फेरी कारको ठक्करबाट एक मुत्यु,</span> <span class='c2'>५ घाईते, विराट नर्सिङ होममा उपचार हुदै</span>

विराटनगर १५ असार । मोरङको बुढीगंगामा आज दिउसो कारको ठक्करबाट एकको मृत्यू ५ जना घाईते भएका छन् । ईटहरीबाट विराटनगर तर्फ आँउदै गरेको बा ३ च ८८२९ नम्बरको कारले दुई वटा मोटरसाईकल र एउटा साईकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ईटहरी ९ भोजप्ुरे टोल निवासी ४५ बर्षिया रुक्सना खातुनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी कारको ठक्करबाट सोही दिशा तर्फ आँउदै गरेको को को २९ प ५८७३, को ३८ प ३९२६ नम्बरको मोटर साईकल र साईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी प्रवत्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । घाईते हुनेहरुमा कारमा सवार अन्जु रिमाल, ईब्राहिम मिया, शम्भु कुमार साह, यसोदा साह र साईकलमा सवार विस्वानाथ खवास घाईते भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

घाईते सबैको अहिले विराट टिचिङ्ग हस्पिटलमा उपचार भईरहेको छ । कार चालक धरान १२ बस्ने निशान्त रिजाललाई कार सहित मोरङ प्रहरीले नियन्त्रणा लिएको प्रहरीले जनाएको छ । कार तिव्र गतिमा भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । यसैविच गएराती विराटनगरको बरगाछी चोकमा कारको ठक्करबाट एक पुरुषको ज्यान गएको थियो ।

तस्वीर सौजन्य : विशाल कर्ण / विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्