आवर विराटनगर ८ औ बर्षमा प्रवेश, अनलाईन ब्यापारका लागि ओबी पसल संचालनको तयारी

<span class='c1'>आवर विराटनगर ८ औ बर्षमा प्रवेश, अनलाईन</span> <span class='c2'>ब्यापारका लागि ओबी पसल संचालनको तयारी</span>

विराटनगर, १६ असार ।
ओबी मिडिया प्रा.लि.ले आफ्नो स्थापना दिवस भब्य कार्यक्रमको आयोजना गरी मनाएको छ । आवर विराटनगरक ७ बर्ष पुरा गरी ८ बर्ष पुरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी आगामी दिनमा योजना समेत अघि सारेको छ ।

आगामी दिनमा ओबी मिडियाले अनलाइन सपिङ्गको लागि ओबी पसल संचालन गर्ने तयारी थालिएको ओबीमा कार्यकारी निर्देशक विवेक दाहालले जानकारी दिए । उनका अनुसार मिडिया लगायत पढाउन ओबी लर्निङ्ग स्टुडियो तथा मिडिया लगायत प्रोफेसनल कोर्षहरु संचालनको तयारी समेत भईरहेको छ। आवर विराटनगर डट नेटको नयाँ वेवसाईट समेत संचालन भएको छ । ओबीका संचालक सरोज कार्की, सरोज लम्साल, गोकुल कार्की, विवेक दाहाल लगायत सुमन सुस्केरा र प्रेम देवानले नयाँ वेबसाईटको शुभारम्भ गरेका थिए । नयाँ वेबसाईट म्यागजिन फम्र्याटमा रहेको ओबीका संचालक सरोज लम्सालले बताए ।
आवर विराटनगरका सम्पादक सुमन सुस्केराले तत्काल र विश्वसनिय समाचार संप्रेषण गर्दै आएको ओबीले आगामी दिनमा खोजमुलक समाचारलाई प्राथमिकतामा राखिने बताए । ओबीका पाठक समाचारका श्रोत भएको दाबी गर्दै उनले सहर, बजार र टोलका समाचारहरु तत्काल जानकारी तथा सुचना दिने पाठकलाई ओबीले धन्वयाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्