विप्पल र सेनाको भिडन्तमा सेनाको हेलिकोप्टर सहित ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

<span class='c1'>विप्पल र सेनाको भिडन्तमा सेनाको हेलिकोप्टर</span> <span class='c2'>सहित ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ</span>

काठमाडौं १५ असार । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५– २५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो । सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो । नेपाल प्रहरीले पनि प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए । उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो । कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको विवरण आए पनि ती व्यक्ति विप्लव समूहको थिए वा थिएनन् भन्ने पुष्टि भएको छैन । तर, त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्