कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल तिर्न बाँकी, प्राधिकरणको लाईन काट्ने तयारी

<span class='c1'>कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल</span> <span class='c2'>तिर्न बाँकी,  प्राधिकरणको लाईन काट्ने तयारी</span>

विराटनगर, २० असार । विराटनगरमा रहेको कोशी अस्पताल हरेक बर्ष बिद्युतको महसुल नतिरेर विवादमा पर्ने गरेको छ । नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको छ ।

अस्पतालले प्राधिकरणलाई एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा सहसुल बुझाउन बाँकी देखिएको छ । यतिका ठुलो रकम तिर्न बाँकी भईरहेको अबस्थामा समेत विजुलीको सहसुल अस्पताल प्रशासनले नतिरेपछि प्राधिकरणले विद्यतु काट्ने चेतावनी दिएको हो ।
प्राधिकरणले जेठ मसान्तसम्मको बक्यौता रकम एक साता भित्रमा बुझाउन अस्पताल प्रशासनलाई पत्र पठाएको छ । विद्युत प्रयोग गरे वापत अस्पतालले लामो समयदेखि महसुल बुझाउन बाँकी रहेकोले तत्काल भुक्तानी गर्नुपर्ने महसुल बुझाउन भनिएको प्राधिकरण विराटनगर केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए । रकम नबुझाएमा जुनसुकै बेला प्राधिकरणको नियमअनुसार लाइन काटिदिने सिंहको भनाई छ ।

अस्पतालमा विभिन्न पाँचवटा मिटर जडान गरेर विद्युत सेवा सञ्चालन गरिएको छ । एउटा मिटरको एक लाख ७५ हजारदेखि एक करोड ३१ लाख रुपैयाँसम्म बक्यौता छ । अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले पैसा तिर्न नसकेर प्राधिकरणले विद्युत लाइन काट्यो भने सबै सेवा ठप्प हुने बताए । विजुलीको नहुँदा ल्याब, शल्यक्रिया, आईसीयू, एनआईसीयू, ओपीडी, आकस्मिक सबै सेवा ठप्प हुनेछन् । अस्पतालमा दैनिक एक हजार दुई सय बढीको उपचार र स्वास्थ्य परीक्षण हुने गरेको छ । सरकारले विद्युत महसुल वापत अस्पताललाई बार्षिक ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तर वार्षीक ९६ लाख रुपैयाँ भन्दा बढी महसुल उठ्ने गरेको बुढाथोकीले बताउनु भयो । वर्षीक ४६ लाख बढी रकम अपुग भएकाले पनि समयमा विद्युत महसुल बुझाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्