झापामा यस्तो : आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

<span class='c1'>झापामा यस्तो : आमाको हत्या</span> <span class='c2'>गरेको आरोपमा छोरा पक्राउ</span>

झापा– सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामी मगरलाई  जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक भावेश रिमालले हत्या आरोपमा बिहीबार साँझ खुकुरीसहित जङ्गबहादुरलाई पक्राउ गरिएको जानकारी दिए ।

दुबै हातमा खुकुरी लिएर धम्क्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भेडियाको टोलीले आरोपितलाई पक्राउ गरेको हो । उनलाई आज अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको थियो । शवको आज रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहानमा शव परीक्षण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्