रबिन्द्र बराल
विराटनगर, २२ असार ।
मोरङको सुुनवर्सी नगरपालिका–५ बनकोलमा निर्माण गरिएको डिप वोरिङ संचालन आउन नसक्दा किसानले राहत पाउन सकेका छैनन् ।
दुुइवर्ष अघि मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रुपैयाको लागतमा ३ बर्ष अगाडि निर्माण सम्पन्न भएको बोरिङ संचालनमा नआउँदा किसानले राहत पाउन सकेका छैनन् ।
डिप बोरिङ निर्माण भएसँगै संचालनमा होला र सहज पानी लगाउन पाईएला भनेर पर्खिएका उनीहरु यो समयमा आएर बोरिङ संचालनमा नहुँदा समस्यामा छन् ।
रंगेली नगरपालिका र सुनवर्सी नगरपालिका भित्रका दुुईसय विगाहा भन्दा बढी जग्गामा सिँचाइ सहज हुने अपेक्षा गरिएको भएपनि लामो समयदेखि संचालनमा नआउँदा आशै मर्न थालेको स्थानीय किसान राजकुुमार राजवंशीले बताए ।
बिजुलीको एउटा ट्रान्सफरमर जडान गर्न नसक्दा डिप वोरिङ उपयोग विहिन बन्न पुगेको हो । बिगत दुई बर्षदेखि निर्माण पुरा भएर थन्किएर बुसेको डिप बोरिङ संचालनका लागि स्थानीयले पटक पटक बिद्युत प्राधिकरण रंगेलीलाई दवाव दिएपनि ट्रान्सफरमर नराखिदिँदा समस्या भएको राबंशीले बताए ।
किसानलाई भनि संचालन गरिएको बोरिङ लगानी वालुवामा पानी जस्तै नै भएको छ । वोरिङ संचालनकालागि ११ हजार केभिए प्रसारण लाइन पुु¥याएर दुुईसय केभिको ट्रान्सफरमर जडान गर्नुुपर्ने हुन्छ । तर यो आबश्यकता महसुस गरेको किसानले मात्र यो जडान हुने छाँट नदेखेपछि बर्षाको समयमा पनि रोपाई गर्नबाट बञ्चीत छन् ।
स्थानीय जोगिन्दर ऋषिदेवले वर्षा नभइरहेको अबस्थामा बोरिङ संचालनमा आएको भए किसानलाई निक्कै राहत हुने सुनाए । लामो समयपछि आएको आयोजनाको काम सम्पन्न हुुँदा खेतवारीमा सहज सिचाँई हुुने आश बोकेका किसानहरु संचालनमै नआएर थन्किँदा आशा मारेको ऋषिदेवको गुनासो छ । यो क्षेत्रका किसानहरु मोटरबाट पानी तानेर खेती गर्ने तयारी गरेपनि भोल्टेजमा समस्या आउँदा कामै गर्न गाह्रो भएको बताउँदै आएका छन् ।