पूर्वमा इन्धन अभाव: निगमले इन्धन वितरण नगर्दा विराटनगरका पम्प बन्द

<span class='c1'>पूर्वमा इन्धन अभाव: निगमले इन्धन</span> <span class='c2'>वितरण नगर्दा विराटनगरका पम्प बन्द</span>

विराटनगर,२२ असार । सीमावर्ती भारतीय बजार फारबिसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले अवरोधका कारण पूर्वमा इन्धन आपूर्ति असहज भएको छ ।

गत शुक्रबारदेखिको अवरोधका कारण नेपाली ट्याङ्करले भारतबाट इन्धन ओसार पसार गर्न सकेका थिएनन् । ट्याङ्कर चालकहरुले सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्न बाहनामा दुख दिएको भन्दै गत शुक्रबारदेखि ढुवानी रोकेका थिए ।

आयल निगमका प्रदेश १ प्रमुख दिनेश यादवले स्थानीय प्रशासनको अनुरोधमा भारतको फारबिसगञ्जको प्रशासनले बिहान ६ देखि ८ र राति १० देखि १२ बजेसम्म ग्यास बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी मात्र आउने व्यवस्था मिलाइएको छ ।

निगमले पेट्रोलियम ढुवानी सहज भइसकेको दावी गरे पनि अभाव कायमै छ । आयल निगमले तीन दिनदेखि इन्धन वितरण नगरेकाले बजार क्षेत्रका धेरै पम्प बन्द गरिएको छ ।

निगमले इन्धन वितरण नगरेकाले पम्प बन्द गरिएको विराटनगरको अन्नपूर्ण सप्लायर्सका कर्मचारी नेमनारायण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्